नियम १८
अनुसन्धानशाला वा प्रयोगशालालाई मान्यता दिने

(१) ऐन र यस नियमावली बमोजिम कुनै औषधि विश्लेषकबाट परीक्षण वा विश्लेषण गराउने प्रयोजनको लागि
नेपाल सरकारले कुनै स्वदेशी वा विदेशी अनुसन्धानशाला वा प्रयोगशालालाई मान्यता दिनु परेमा औषधि परामर्श परिषद्को परामर्श लिई त्यस्तो मान्यता दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम दिइएको कुनै अनुसन्धानशाला वा प्रयोगशालाको मान्यतालाई रद्द गर्न आवश्यक परेमा नेपाल सरकारले औषधि परामर्श परिषद्को परामर्श लिई त्यस्तो मान्यता रद्द गर्न सक्नेछ ।